Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


सरकारले भारत र चीनबीचको लिपुलेक व्यापार सम्झौताको समस्या कुटनीतिक माध्यमबाट समाधान गरोस्ः सांसद खतिवडा


169
Shares

काठमाडौं । नेपाली का‌ग्रेसका सांसद रामहरी खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणका अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूह भन्दा माथि उठेर राष्ट्रिय स्वाभिमान र एकताका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

उहाँले प्रधानमन्त्रीको आसन्न भ्रमणका क्रममा दुई देशका प्रमुखसँग आफ्नो स्ट्यान्ड स्पष्टसँग राख्न समेत आग्रह गर्नुभयो ।सांसद खतिवडाले तीब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै त्यसको बारेमा समेत दुई देशबीच आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ ।