Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


प्रदेश, पालिका र संघीय सांसदको संख्या बढी भयो, यसको बारेमा सोचौं: प्रमुख सचेतक घिमिरे


312
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका, संघीय सांसदको संख्या बढी भएको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बढी भएको सांसदहरुको संख्याको बारेमा विचार गर्न जरुरी रहेको समेत बताउनु भएको हो। संविधान संशोधन गर्न सकिने भएका कारण त्यसमा चिन्ता लिन नपर्ने उहाँको भनाइ छ । उहाँले वर्तमान सरकारले संविधान संशोधनको एजेण्डालाई आफ्नो सहमतिको दस्ताबेजमा राखेको तर कठिन विषय रहेको पनि बताउनुभयो ।

१ वर्षमा कुन विषयमा संशोधन गर्ने भन्ने कुरा पनि तय गर्न नसकिएको उहाँको तर्क छ । राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणाली जस्ता विषयलाई छुँदै नछुने हो भने अन्य विषयमा संशोधन गर्न त्यत्ति गाह्रो नहुने उहाँले बताउनुभयो । राज्यको आर्थिक अवस्थाले अहिलेका संरचनाहरु धान्न कठिन भएको समेत उहाँको भनाइ छ ।

प्रमुख सचेतक घिमिरेले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । संविधान निर्माण गर्ने समयमा हौसिएर कार्यान्वयनमा ल्याउन व्यवहारिक नभएका केही कुराहरु बढाएर राखिएको उहाँको भनाइ छ ।