Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


भारतीय प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति जिनपिङको पुत्लामा जुत्ता प्रहार, ८ जना युवा पक्राउ


6.2k
Shares

काठमाडौं । भारत र चीनबीच नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न भएको सहमतिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

युवाहरूले माइतीघरमा बिहीबार प्रदर्शन गरेका हुन्। सोही क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङको पुत्लामा जुत्ता प्रहार गर्ने ८ जना युवा पक्राउ परेका छन्। स्वतन्त्र युवा समूहको नाममा प्रदर्शन भएको थियो ।

सोही विषयलाई लिएर संघीय संसद बैठकमा समेत बिहीबार सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका सांसदहरुले भारत र चीनले नेपाललाई बाइपास गरेर नेपाली भूमिमा व्यापार सम्झौताको गरेको भन्दै आपत्ति जनाएका थिए । महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन-भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयले संसदमा प्रवेश गरेको हो ।

नेकपा एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले लिपुलेक नेपालको अभिनन अंग भएको बताउनुभयो । उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानी जस्ता नेपालका अभिन्न अंगमाथि नेपालको स्वीकृतबिना सीमा व्यावार गर्ने भारत र चीनबीचको सहमतिको आफूहरु विरोध गर्ने समेत बताउनुभएको थियो ।

त्यस्तै, प्रमुख प्रतिपक्षी ददल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले चीन र भारतकीचको उक्त सम्झौताले नेपाल आमालाई दुखिरहेको बताउदै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले नेपाललाई जानकारी समेत नदिई सीमा व्यापार गर्ने सहमतिप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आपत्ति प्रकट गर्नुभएको छ।

कुनैपनि सरकारको कामभित्र गर्ने राष्ट्रिय स्वाधिनताको रक्षा गर्न कुटनीतिक र राजनीतिक पहल अगाडि बढाउन समेत उहाँले आग्रह गर्नुभयो ।