Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


सरकारले संविधान संशोधन प्रक्रियामा ‘सिन्को’ पनि भाँच्न नसक्दा गाली खानुपर्‍यो: महामन्त्री थापा


338
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा गाली खानुपरेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले ७ बुँदे सहमतिको आधारमा सरकार बनेको भएपनि पहिलो बुँदा नै कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ। उहाँले माथिल्लो सदन राष्ट्रिय सभामा बुहमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउँछौं भन्न सरकारले नपाउने समेत बताउनुभयो ।

संविधान संशोधनको लागि साझा मुद्दाहरुमा सहमति बनाउँदै अगाडि लैजानुपर्नेमा उहाँको जोड छ । उहाँले सदनमार्फत नै संयन्त्र बनाउन सरकारसँग आग्रह गर्नुभयो । सरकारले जनतासँग गरेको वाचा अनदेखा गरेको र त्यस्तो गर्न पाउने अधिकार सरकारसँग नभएको उहाँको तर्क थियो।

महामन्त्री थापा संसदका दुई ठूला प्रमुख राजनीतिक दलहरुको समिकरणमा बनको सरकारले समेत अपेक्षाकृत नतिजा दिन नसकेका कारण सुधारको आवश्यकता रहेको बताउनुभयो ।