Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


राजनीतिमा नयाँ भ्रष्ट जिन्दावाद र पुराना भ्रष्ट मुर्दावादको नारा शक्तिशाली बन्योः महासचिव भुसाल


949
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले नयाँ भ्रष्ट जिन्दावाद र पुराना भ्रष्ट मुर्दावादको नारा बढी शक्तिशाली राजनीतिक प्रचारका रुपमा उदाएको बताउनुभएको छ ।

काठमाडौंमा बुधबार स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै महासचिव भुसालले मुर्दावादको नाराले कुनै नयाँ गन्तव्यमा पुर्याउन नसक्ने बताउनुभएको हो। राजनीतिमा तर्क हराएको बताउदै उहाँले मुलुक विभाजित भएको समेत बताउनुभयो। महासचिव भुसालले नैतिक बलका आधारमा नेता बन्नुपर्ने समेत बताउनुभएको छ ।

पछिल्लाे समय नयाँ राजनीतिक दलकाे उदय भएससँगै जिन्दावाद र मुर्दावादका नारा बढी मात्रमा प्रयाेग गरेकाे देखिन्छ । जसका कारण नेपालका नयाँ र पूराना राजनीतिक दलका नेताप्रति जनता आजित भएकाे देखेर पनि महासचिव भुसालले यस्ताे कुरा गरेकाे अनुमान गरिएकाे छ ।