Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


काठमाडाैंकाे माछापोखरीमा युवतीको सिक्री लुटपाट


4.8k
Shares

काठमाडौँ ।

काठमाडौँ महानगरपालिका–१६ स्थित माछापोखरीमा एक युवतीको सिक्री लुटिएको छ।

चाबहिलबाट महानगर यातायातमा यात्रा गरिरहेकी ती युवती माछापोखरीमा बसबाट ओर्लिने क्रममा अपरिचित चार जनाले सिक्री लुटेका हुन्।

करिब आधा तोला तौल भएको, अनुमानित ९८ हजार मूल्य बराबरको उक्त सिक्री लुटिएको हो। लुटपाटमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन्।

Skip This