Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


क्यान्सरबाट पीडित वडाध्यक्षको निधन


0
Shares

काठमाडाैं ।

सप्तरीको राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित उनकाे उपचारका क्रममा चितवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले जानकारी दिइन्।

जनता समाजवादी पार्टीबाट निर्वाचित ७० वर्षीय साह तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनका दुई छोरा र तीन छोरी छन्।