Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


पाँचखालमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

काठमाडौं ।

काभ्रेको पाँचखाल नगरपालिका–६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका–८ निवासी अन्दाजी ३५ वर्षीय रुपेश खरेलको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको अरनिको राजमार्ग अहिले सञ्चालनमा आएको प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिएका छन्।

Skip This