Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


पौडी खेल्ने क्रममा म्याग्दी खोलामा फसेका दुई युवकको सकुशल उद्वार


169
Shares

काठमाडौं ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका–६ चुत्रेनीस्थित म्याग्दी खोलामा पौडी खेल्ने क्रममा बीच भागमा फसेका दुई युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षिय मिन बहादुर श्रीपाली र २७ वर्षिय कमल श्रीपाली पौडी खेल्ने क्रममा उक्त खोलाको बीच भागमा फसेका थिए ।

नदीमा फसेका खबर पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दीबाट सशस्त्र प्रहरी निरीक्षक आकाश सुचिकारको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले थ्रो ब्याग रोप रेस्क्यु विधि अपनाई दुवै जनाको सकुशल उद्वार गरेको हो । उद्वार गरिएका दुवै जनाको अवस्था भने सामान्य रहेको छ ।