
काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले आफ्ना सांसदहरुको हस्ताक्षर दुरुपयोग नगर्ने स्पष्ट पार्नुभएको छ ।
सिंहदरबारमा मंगलबार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समय समयमा एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर लिनु कुनै नौलो कुरा नभएको बताउनुभएको हो । नेपाली कांग्रेस र एमालेले सल्लाह गरेर हस्ताक्षर नगरेको बताउँदै उहाँले एकैदिन पर्नु संयोग मात्रै भएको बताउनुभएको छ। राज्यका निकायमा बसेर गलत काम गर्ने व्यक्तिहरुलाई महाअभियोग लगाउन र सरकार बदल्न हस्ताक्षर काम लाग्ने उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो,-‘पार्टीको संसदीय दलमा बेलाबेला माननीयज्युहरुको हस्ताक्षर लिइराख्छौं । आपतविपदको काममा प्रयोग हुन्छ । दलले हस्ताक्षर दुरुपयोग गर्दैन । यो २०४८ सालदेखि नै चलेको चलन हो । आफ्ना दलले आफ्ना माननीयहरुको हस्ताक्षर लिइरहेको हुन्छ । कांग्रेस र हाम्रो सल्लाहले हस्ताक्षर गरेको होइन, एकैदिन पर्याे होला । संयोग हो । हस्ताक्षरहरु विभिन्न काममा प्रयोग हुन्छन् । महाअभियोग, सरकार बदल्न प्रयोग हुन्छन् ।’
एमालेका सचिव भट्टराईले संसद भदौ महिना भरी सञ्चालन हुने पनि जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्