३ भाद्र २०८२, मंगलबार | Tue Aug 19 2025


उपसभामुख मगरलाई पदबाट हटाउन पाइँदैन : अध्यक्ष दाहाल


845
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कार्यको विरोध गर्ने बताउनुभएको छ ।

पार्टीको सचिवालय बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा म‌गलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि नै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख मगरलाई हटाउने प्रयास गरेको समेत बताउनुभयो । तर अहिले संसदका प्रमुख २ ठूला राजनीतिक दलले मगरलाई हटाउनका लागि हस्ताक्षर नै गरिरहेको बताउँदै उहाँले यो गल्ती नगर्न समेत आग्रह गर्नुभएको छ ।

सरकार बनेदेखि नै गल्ती कामहरु भइरहेको उहाँले आरोप लगाउनुभएको छ । आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने र अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत भएको उहाँको भनाइ थियाे ।अध्यक्ष दाहालले उपसभामुख मगरविरुद्ध कुनै नराम्रो काम गरेको प्रमाण नरहेको बताउनुभयो ।

उपसभामुख मगरमाथि केही मानिसहरुलाई अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदुतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग लागेकाे छ । यसअघि पनि उहाँमाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।