
काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरूको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ ।
मन्त्रालयमा सोमबार आयोजित शहरी विकासमन्त्री सिंह र सचिव गोपालप्रसाद सिग्देलबीचको कार्यसम्पादन सम्झौता कार्यक्रममा बोल्दै उहाँले कर्मचारीहरूले काम गर्नमा ढिलासुस्ती गर्ने गरेको बताउनुभएको हो । उहाँले संस्थागत स्वामित्व लिएर कर्मचारीहरूले विकास निर्माणका काम नगर्दा ढिलासुस्ती हुने गरेको बताउनुभएको छ । ऐन, नियम, कानून, नियमावली अनुसार गर्नुपर्ने निर्णय गर्न पनि कर्मचारीहरूले तोकिएको समयमा नगरेको भन्दै उहाँले गुनासाे समेत गर्नुभयो ।
कर्मचारीहरूकै लापरबाहीका कारण कतिपय कामहरूको तोकिएको समयमा सम्पन्न हुन नसकेको उहाँको भनाइ छ ।उपप्रधान मन्त्री सिंहले कानून अनुसार गर्नुपर्ने काममा ढिलासुस्ती र आलटाल नगरी जनतालाई परिणाम दिनेगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
गत वर्षमा राम्रो काम नभएको भन्दै उहाँले चालु आर्थिक वर्षमा जनतालाई महसुस हुनेगरी काम गर्न आग्रह समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्