Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


गोंगबुको होटलमा श्रीमतीको हत्या, फरार श्रीमान् पर्साबाट पक्राउ


3.3k
Shares

काठमाडौं ।


काठमाडौंको गोंगबुस्थित एक होटलमा श्रीमती ललिता विकको हत्या अभियोगमा श्रीमान् सन्तोष सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रेका ३० वर्षीय सेन्चुरीले साउन २७ गते पत्नीलाई होटलमा बोलाई हत्या गरी शव खाटमुनि लुकाएका थिए। शव साउन २६ गते राति होटलको कोठा नं. २०१ मा फेला परेको थियो।

हत्यापछि उनी साथीको घरमा बसेर साउन २८ गते श्रीमती हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए। साउन ३० गतेदेखि सम्पर्कविहीन बनेका सेन्चुरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले वीरगञ्जबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ। प्रारम्भिक अनुसन्धानमा दम्पतीबीच सम्बन्ध राम्रो नभएको खुलेको छ।

Skip This