
काठमाडौं ।
धानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा पत्रकारको पहुँचका लागि इजलासमै छुट्टै स्थान बनाएर बस्ने व्यवस्था मिलाउने बताउनुभएको छ ।
ललितपुरमा आयोजित सर्वोच्च अदालतमा मुद्दा वक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरु विषयमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पत्रकारको न्यायालयमा सहज पहुँच नभएको भन्ने गुनासोप्रति आफू गम्भीर रहेको बताउनुभयो ।
प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘पत्रकारको न्यायालयमा पहुँच भएन की भन्ने छ । यसलाई मैले गम्भीरतापूर्वक लिएको छु । कम भयो की भन्ने छ । मुख्य रजिस्टार यहीँ हुनुहुन्छ । सूचना दिनका लागि हामी प्रयत्नशिल छौँ । त्यहाँ बस्नका लागि बेन्चमै पनि इजलासको बाहिर बस्न एउटा छुट्टै रो पनि बनाउन सकिन्छ भने त्यो पनि सक्छौँ । कुनै कुरामा विघ्न बाधा छ भने त्यसलाई हटाउँछु । मेरो संवैधानिक दायित्व पूरा गर्न म कठोरसँग लाग्नेछु । अदालतको बारेमा टिकाटिप्पणी, आलोचना नहोस् भन्ने पनि होइन । तर नभएको सत्य, तथ्य उजागर गरेर अदालतको हुर्मत लिनु हुँदैन । यदी अदालतबाट मान्छेको भरोसा डग्मगाएको भए यसरी लाखौँ मुद्दा कहीँ पर्छ रु जुन कुरा होइन, नभएको कुरा होइन भनेर संप्रेषण गर्नुपर्छ । म पूर्ण प्रेस स्वतन्त्रताको हिमायती मान्छे हुँ । म कलमबाट परेको बेलामा गर्नुपर्ने सम्मान र समर्थन गर्न म तयार छु । तर न्युज सेन्सेसनको मोहमा अदालतको गरिमा र मर्यादा गरिमा भत्किने गरी ति कुराहरु उजागर हुन थाल्यो भने फेरि के अदालत टुलुटुलु हेरेर मात्रै बस्न मिल्छ रु हामीले सन्तुलन खोज्नुपर्दैन रु हामी मर्यादा नाघ्दैनौँ । हामी संयमता पनि गुमाउँदैनौँ । मर्यादा र संयमता भित्र पूर्ण प्रेस स्वतन्त्रतालाई कसरी सम्मान गर्ने भन्नेकुरामा न्यायिक नेतृत्व सजग र संवेदनशिल छ ।’
उहाँले सूचना दिनका लागि आफूहरु प्रयत्नशिल रहेको उल्लेख गर्दै इजलासमै बस्नका लागि पनि बाहिर छुट्टै स्थान बनाउने व्यवस्था गर्ने बताउनु भयो । अदालतको बारेमा टिकाटिप्पणी, आलोचना नहोस् भन्ने आफूले नठान्ने तर नभएको तथ्य उजागर गरेर अदालतको हुर्मत लिने काम नगर्न चेतावनी दिनुभयो । अदालतबाट मान्छेको भरोसा डग्मगाएको भए यसरी लाखौँ मुद्दा दर्ता नहुने उहाँको भनाइ छ ।
न्यायालयले आफ्नो मर्यादा ननाघ्ने र संयमता पनि नगुमाउने स्पष्ट पार्नुभयो । मर्यादा र संयमता भित्र पूर्ण प्रेस स्वतन्त्रतालाई कसरी सम्मान गर्ने भन्नेकुरामा न्यायिक नेतृत्व सजग र संवेदनशिल रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्