Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


जुम्लाबाट ६९ करोडको कृषि उपज निर्यात


78
Shares

काठमाडौं ।


कर्णाली प्रदेशको जुम्लाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ६९ करोड रुपैयाँ बढीको २३ हजार टन कृषि उपज निर्यात भएको छ ।

जुम्लाबाट गत आर्थिक वर्षमा ६९ करोड रुपियाँभन्दा बढीको २३ हजार टन कृषि उपज निर्यात भएको हाे। निर्यात हुनेमा सबैभन्दा बढी स्याउ रहकाे छ।

स्याउ निर्यातबाट जुम्लामा गत आर्थिक वर्ष ६१ करोड रुपियाँ भित्रिएको छ । स्याउपछि मार्सी चामल, ओखर, सिमी, कोदोलगायतका रैथाने कृषि उपज रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । बजार पहुँच, सञ्चार सुविधा र सडक सञ्जाल विस्तारसँगै जुम्लामा कृषि उपजको व्यापार सहज हुँदै गएको छ ।

कृषि विकास कार्यालयको तथ्यांक अनुसार गत आवमा जुम्लाबाट ६६ करोड ६१ लाखको स्याउ निर्यात भएको थियो । कुल उत्पादन २१ हजार टन भएको तर नौ हजार ३ सय ३१ टन स्याउ निर्यात भएको छ । यस्तै ओखर, ५६ हजार किलो सिमी, तीन हजार किलो भटमास, ९० हजार किलो आलु निर्यात भएको छ ।

यस्तै किलो मार्सी चामल, कागुनो फापरको पिठो, कोदोको पिठो र जौको पिठो जुम्लाबाट निर्यात भएको छ । २०७९ सालको बाढीपछि जुम्लाको १८ हेक्टर मार्सी फाँटमा क्षति गरेपछि धान उत्पादन घट्दै गएको छ । फापर, कोदो, मकै, उवा, चिनो, कागुनोलगायतका रैथाने बालीको उत्पादन पनि घटेको कार्यालयले जनाएको छ ।