
काठमाडाैं ।
नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले पताञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्यले नभएको भन्नेमा आफू अडिग रहेकाे बताउनुभयाे ।
अध्यक्ष नेपालकाबारे आफूले भिन्रन मत राखेकाे भन्रु अन्य नेताहरूकाे बचपना भएकाे बताउनुभयाे । उहाँले अध्यक्ष नेपालको मुद्दा पार्टीकै मुद्दा हो भन्ने भ्रम फैलाउनु भएपनि त्याे बेतुकका कुरा भएकाे र त्यसले अध्यक्ष नेपाललाई झन् समस्यामा पार्ने जिकीर गर्नुभएकाे छ ।
२०६६ मा पतञ्जलीलाई हदबन्दी छुटमा जग्गा दिनु र पछि बेच्न अनुमति दिनु कानुनविपरीत रहेको आरोपमा अख्तियारले माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। नेपालमाथि १८ करोड ५८ लाख बराबरको बिगो माग गरिएको छ र उहाँको सांसद पद निलम्बनमा छ।
खनालले नेपालमाथि लागेको मुद्दालाई राजनीतिक र कानुनी रूपमा प्रभावकारी ढंगले सामना गर्नुपर्ने आवश्यकता औंल्याउँदै, “म उहाँको प्रतिवाद कसरी बलियो बनाउने भन्ने सोच्दैछु,” भन्नुभयो। साथै, उहाँले प्रस्तावमार्फत पार्टीले मुद्दाप्रति जिम्मेवार र परिपक्व दृष्टिकोण देखाउनुपर्ने विचार राख्नुभएको छ, र यसलाई व्यक्तिगत हमला या बदला भन्दै व्याख्या गर्नु ‘बचपना’ भएको टिप्पणी गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्