४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


‘अब जे गर्छौं सहमतिबाटै गर्छौं’


3.848k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीबीच सहमतिबाटै समस्या समाधान गर्ने समझदारी बनेको छ ।

कपार्टी केन्द्रिय कार्यालय च्यासलमा भएको वान टु वान वार्ताका क्रममा दुई नेताहरुबीच एकले अर्कोलाई विभाजित गरेर नभइ सहमति र समझदारी बनाएर अघि बढ्ने निष्कर्ष निस्केको हो ।

छलफलबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफल सकारात्मक ढंगले अघि बढेको र राजनीतिले नै सम्बन्धलाई अघि बढाउने बताउनुभयो । दुई नेताहरुले आज आफूलाई लागेका कुराहरु खुलेर राख्नुभएको र अब कुनैपनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि बढ्नसक्ने स्थिति नरहेकोमा सहमति जुटेको बताउनुभयो । अब पार्टीमा हुने गतिविधिहरु सहमति र छलफलबाटै अघि बढाउने निष्कर्ष निकालिएको बताउनुभयो ।

प्रचार विभाग प्रमुख गौतमले एकले अर्कोलाई निषेध गरेर अघि बढ्ने स्थिति नरहेको निष्कर्ष निस्किएको बताउनुभयो ।