४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


शेयर बजार कारोबारमा उछाल


1.638k
Shares

काठमाडौं । साताको सुरु कारोबार दिन शेयर बजार कारोबारमा उछाल आयो ।

नेप्से भिनो अंकले मात्र हरियो रहँदा कारोबार भने २१ अर्ब माथि पुग्यो । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले मात्र हरियो रहेर २८ सय ७० कायम भएर बन्द भयो ।

सुरुवाती समयदेखि तीव्र रुपमा उकालो लागेर ५० अंकले बढेर २९ सय २१ सम्म पुगेको नेप्से मध्यान्ह पछि ओरालो लाग्दै अन्तिममा शून्य दशमलब तीन दुई अंकले हरियो रहेर थामिएको हो ।

आइतबार होटेल, बीमा, अन्य र सामूहिक लगानी कोष गरी जम्मा ५ वटा समूह उकालो लाग्दा बाँकी ८ वटा समूह ओरालो लागे । अन्य समूहमा ३ प्रतिशत माथिको वृृद्धि आयो । वित्त समूहमा सबैभन्दा उच्च २ प्रतिशतमाथिको गिरावट आयो ।

आइतबार नेपाल स्टक एक्सचेन्जमा ३ सय १६ स्टकको ५ करोड १६ लाख कित्ता शेयर २१ अर्ब ४६ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । आइतबार उन्नति सहकार्य लघुवित्त, सान्भी ईनर्जीलगायत करिब आधा दर्जन कम्पनीका शेयरमा सकारात्मक सर्किट लागे । आइतबार नेपाल रिइन्स्योरेन्स कम्पनीको मात्र झण्डै अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भयो ।