२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा


1.079k
Shares

काठमाडौं । भ्रष्टाचारको छानविन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ ।

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल पुगेर अख्तियारमा निवेदन दिएको हो ।

निवेदन दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको बताउनुभयो । भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी बताउनुभयो ।

२०४६ साल पछिको उच्चपदस्थ नेता, कर्मचारी र उनका आफन्तहरुसमेतको अनुसन्धान हुनुपर्ने माग गरेको बताउनुभयो । आफूहरुले कुनै पार्टी र व्यक्ति विशेष गरेर अनुसन्धान हुनु नपरेको उल्लेख गर्नुभयो । अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको बताउनुभयो । मन्त्रीहरु एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिष्पर्धा चलाइरहेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले भ्रष्टाचार प्रकरणमा राजनीतिक नेतृत्व छानविनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता र प्रभावकारितामा गम्भीर प्रश्नहरु उठेका छन् ।