Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैन : मन्त्री अधिकारी


1.3k
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराध अधिकारीले आफूले कुनै गल्ती नगरेको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री अधिकारीले आफू जनताको काम गर्न गएकाले कुनैपनि गलत काम नगर्ने स्पष्ट पार्नुभएको हो । उहाँले सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुपर्ने पनि बताउनुभयो ।

मन्त्री अधिकारीले सरकारले अघि सारेका कुरामा गल्ती औंल्याइदिए सरकार सच्याएर अघि बढ्न तयार रहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अब चित्रगुप्तलाई के जवाफ दिनुहुन्छ भन्ने प्रश्न गर्नुभयो नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा पहिला आफूलाई हेरेर अरुमाथि दोष लगाउन अध्यक्ष दाहाललाई आग्रह गर्नुभयो ।

मन्त्री अधिकारीले गलत गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभयो ।