२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : प्रधानन्यायाधीश राउत


9.932k
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको स्वतन्त्रतामा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायिक स्वतन्त्रता न्यायपालिकाको आत्मा भएको उल्लेख गर्दै यसबाट प्रधानन्यायाधीश पनि टाढा हुन नसक्ने बताउनुभयो । उहाँले न्यायाधीशहरुको न्यायिक निर्णय, काम-कारबाही र भूमिकामा निष्ठाको आवश्यकता रहेको बताउनुभयो ।

प्रधानन्यायाधीश राउतले पछिल्लो समय निष्ठा भएपनि व्यत्ति पाउन गाह्रो रहेको बताउनुभयो । उहाँले अदालतको कुनै एक मुद्दालाई लिएर न्यायपालिकाको समग्र विश्वसनीयतामाथि प्रश्न उठाउनु अनुचित हुने धारणा राख्नुभयो । उहाँले तमाम चुनौतीका बीच पनि आफू न्यायपालिकाको जिम्मेवारी लिन तयार रहेको दोहो¥याउनुभयो ।