
काठमाडौं । त्रिभूवन विश्वविद्यालय (त्रिवि)को नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
बुधबार प्रधानमन्त्री एवं त्रिभूवन विश्व विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले सपथ लिनुभयो । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो ।
कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा. अर्याललाई आज नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्