२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कुलिङ पिरियड व्यवस्थामा भएको छेडखानीको छानविन गर्ने संसदीय समितिको संयोजकमा परियार


4.446k
Shares

काठमाडौं । संघीय निजामती विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको छेडखानीबारे छानविन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानविन समिति प्रतिनिधि सभाबाट घोषणा भएको छ ।

सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त घोषणा गर्नुभएको हो ।

समितिको संयोजक नेपाली कांग्रेसका सांसद जीवन परियार तोकिनु भएको छ । सभामुख घिमिरेका अनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार संयोजकसहित र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहनुभएको छ ।

समितिलाई छानविन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको सभामुख घिमिरेले जानकारी गराउनुभयो ।