२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


आदेशलाई हस्ताक्षरले बदल्न सकिँदैन : सांसद थापा


4.524k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले कारागारमा रहेका एक व्यक्तिको याचनापत्रअनुसार नाटकीय हस्ताक्षर अभियान जारी रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले २०८२ साल असार ७ गते भैरहवा कारागारमा पूर्पक्षमा रहेका एक जना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको र याचनापत्रसहित अहिले हस्ताक्षर अभियान जारी रहेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उहाँले सर्वोच्च अदालतमा, उच्च अदालतमा र जिल्ला अदालतमा आधा दर्जन भन्दा बढी मुद्दा चलिरहेको व्यक्तिलाई लिएर प्रतिशोधका नाममा राजनीति भइरहेको बताउनुभयो । यो राजनीतिक प्रचार र प्रोपोगाण्डा भएको बताउनुभयो । अदालतको आदेशलाई हस्ताक्षरले बदल्न नसकिने बताउनुभयो । अदालतले हस्ताक्षरको संख्या हेरेर नभइ रिट निवेदनका साथ संलग्न तथ्य, प्रमण, बहस, पैरवी र तथ्यका आधारमा अदालतले निर्णय गर्ने बताउनुभयो ।

सांसद थापाले जान्नेलाई छान्ने भनेर चुनावबाट सांसद भएकाहरुको उपस्थितिमा अदालतको आदेश बर्खिलाप हुनेगरी क्रियाकलाप भइरहेको बताउनुभयो ।