१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


शेयर बजारमा वृद्धि निरन्तर


455
Shares

काठमाडौं । साताको अन्तिम कारोबार पनि शेयर बजार बढेरै बन्द भएको छ ।

बिहीबार बढेसंगै यो साताका पाँच वटै कार्यदिनमा बजार बढेको छ ।

दिनभरको उतार चढावका बीच आज बजार परिसूचक नेप्से ९ दशमलव १४ अंकले बढेर २७ सय ३ दशमलव ९६ को विन्दुमा पुगेको छ । गत बैशाख ७ गते पनि नेप्से २७ सय माथि पुगेको थियो । परिसूचक बढेपनि बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने सामान्य घटेको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ५ वटा उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव ०९ प्रतिशत बढ्दा जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेका छन् । यस्तै विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेका छन् । तर व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १ दशमलव २९ प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा भने उल्टो सर्किट लागेको छ । दिनभरमा ३११ वटा स्टकको २ करोड ४९ लाख ७६ हजार कित्ता शेयर ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनीको सर्वाधिक ३१ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।