१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


त्रिविमा तालाबन्दी खुलाउन सर्वोच्चको अन्तरिम आदेश


585
Shares

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को तालाबन्दी तत्काल खोल्न अन्तरिम आदेश दिएको छ ।

गत जेठ ३० गतेदेखि आंशिक प्राध्यापकले लगाएको ताला तत्काल खोल्न सवोच्चले आदेश दिएको हो ।

६ सुत्रीय माग राखेर आंशिक प्राध्यापकहरुले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा ताला लगाएका छन् ।

त्रिविले अनुसन्धानत्मक विशिष्टको आधारमा (फास्ट ट्र्याक) सय जना शिक्षकको विज्ञापन खुलाएकोमा उनीहरुले विरोध गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयले सीमित सिट संख्यामा गर्न लागेको विज्ञापन तत्काल रोकेर नियम अनुसार रिक्त रहेको सम्पूर्ण दरवन्दी खुलाउनु पर्ने माग गरेका छन् ।