२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ’


611
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले मुलुकलाई तिब्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ ।

बुधबार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै नेता आचार्यले अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्रीको खाँचो रहेको टिप्पणी गर्नुभयो । उहाँले देशमा लोकतन्त्रको लडाइँ बाँकी नरहेकोले आर्थिक एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । विश्व अर्थतन्त्रको हिसावले छिमेकी देशहरु चीन र भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको उल्लेख गर्दै नेपालले अनावश्यक बहसमा अल्झिनु नहुने बताउनुभयो ।

आर्थिक सुधार र रोजगारी सिर्जना सरकारको प्रमुख प्राथमिकता हुनुपर्ने नेता आचार्यको भनाइ छ ।