१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


कुलिङ पिरियडमा समिति सभापति र सचिवले अपराध गर्नुभयो : सांसद श्रेष्ठ


1.222k
Shares

काठमाडौं । नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले कुलिङ पिरियडमा समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले अपराध गर्नुभएको आरोप लगाउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै सांसद श्रेष्ठले विधेयकमा सभापति र सचिवको हस्ताक्षर रहेकाले हस्ताक्षर गर्नेले थाहा पाइन भन्ने नमिल्ने तर्क गर्नुभयो । उहाँले आफ्ना निर्वाचन क्षेत्रका जनतालाई हेरेर बेलैमा विचार पु¥याउन सुझाव दिनुभयो । सांसद श्रेष्ठले समिति सभापतिले नजानेर, नबुझेर नभइ जानाजान हस्ताक्षर गर्नुभएको आरोप लगाउनुभयो ।

सांसद श्रेष्ठले राज्य व्यवस्था समितिमा सचिवको रुपमा मान्न नसकिने बताउनुभयो ।