१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


कुलिङ पिरियडबारे माओवादीले भन्यो – यो सुनियोजित षड्यन्त्र हो, सभामुखले जिम्मा लिनुपर्छ


767
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले कुलिङ पिरियडमा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्ने बताएको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्दै पार्टीले नैतिकताको हिसाबले संसदको नेतृत्व (सभामुख देवराज घिमिरे)ले यसको जिम्मेवारी लिनुपर्ने बताएको हो । पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले कुलिङ पिरियड समितिमा भएको सहमतिअनुसार सदनमा जान नसेकेको बताउनुभयो ।

प्रवक्ता सापकोटाले यस घटनाले सिंगो सदन, संसदीय समिति र सांसदहरुको इमान, निष्ठा र योग्यतामाथि प्रश्न उठेको बताउनुभयो । यो गम्भीर राजनीतिक, संवैधानिक, कानूनी र नैतिक प्रश्न भएको बताउनुभयो । यसले सार्वभौम संसदको आत्मामाथि प्रहार गरेको र संसदमाथिको धोका, मानमर्दन भएको बताउनुभयो ।

सुशासनका लागि कोशेढुंगा सावित हुने जनताको अपेक्षा विपरित गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाझीले संसदीय मूल्य मान्यतालाई ठाडो चुनौति समेत दिएका माओवादीको ठहर छ । यो एकाध व्यक्तिहरुको मात्रै दुःशासह नभइ सुनियोजित तरिकाले गरिएको धृष्टता भएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

प्रवक्ता सापकोटाले यस प्रकारको गम्भीर अपराधको यथासक्य छिटो छानविन गरी सत्यतथ्य छानविन गरी दोषीउपर कारबाही गर्न माग गर्नुभयो । विद्यालय शिक्षा विधेयक शिक्षक महासंघसँग भएको सहमतिअनुसार पारित गर्न माग गरेको छ ।