१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


शेयर बजारमा ३४ अंकले वृद्धि


312
Shares

काठमाडौं । साताको चौथो दिन पनि शेयर बजारमा सुधार जारी रह्यो ।

बुधबार नेप्से ३४ अंकले उकालो लागेर २६ सय ९५ पुग्यो ।

कारोबार पनि सुधारिएर १० अर्ब नजिक पुग्यो । सबै समूहमा हरियाली छाउँदा बीमा समूहमा करिब ३ प्रतिशतको वृद्धि आयो ।

विकास बैंक र वित्त समूह पनि करिब २ प्रतिशतले उकालो लागे । वाणिज्य बैंक समूह पनि डेढ प्रतिशतले उक्लियो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए । यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय १७ स्टकको ३ करोड बढी कित्ता शेयर ९ अर्ब ७५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसमध्ये १ सय ८२ स्टकको मूल्य बढ्दा ६५ को घट्यो । बुधबार ग्रीन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो, नेपाल इन्स्योरेन्सलगायत करिब आधा दर्जन स्टकका शेयर सर्किट लेबलमा कारोबार भए । यसदिन एनआरएन इन्फ्रास्टक्चरको कारोबार सबैभन्दा उच्च ५५ करोड बराबरको हुँदा साहस उर्जाको समेत ५० करोडको शेयर किनबेच भयो ।