१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गुमेको छ : सांसद पाण्डे


403
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गिरेको बताउनुभएको छ ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यो त्रुटी नभइ बद्मासी भएको र यसको निष्पक्ष छानविन हुनुपर्ने माग गर्नुभयो । उहाँले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताउनुभयो ।

सांसद पाण्डेले जनस्तरमा सांसदप्रतिको विश्वसनियता गुमेको बताउनुभयो । उहाँले राष्ट्रिय सभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताउनुभयो । संलग्नहरुले कारबाही भोग्नुपर्ने बताउनुभयो ।

सांसद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले प्रणालीको बारेमा बोल्ने कुरालाई मद्दत गरेको बताउनुभयो ।