
काठमाडौं । नेकपा एमाले सांसद वासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताउनुभएको छ । बुधबारको समितिको बैठकमा बोल्दै सांसद घिमिरेले कुलिङ पिरियडमा भएको चलखेलका कारण सांसदहरुलाई आम नागरिकले गिज्याइरहेको बताउनुभयो ।
सांसद घिमिरेले कुलिङ पिरियडमा दुई वर्ष हुनु हुँदैन भनेर भैलो खेल्न गएकाहरु पनि यसको छानविनको दायरामा आउने बताउनुभयो । उहाँले यो घटना सामान्य नभएको बताउँदै सिंगो सदनको अवहेलना भएको बताउनुभयो । सांसद घिमिरेले अधिकार सम्पन्न छानविन समिति निर्माण गरेर दोषीउपर कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
सांसद घिमिरेले आम नागरिकले सांसदहरुले छलकपट गरेर ऐन पारित गरेको भन्दै आफूहरुको बेइज्जत गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्