१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


शेयर बजारमा वृद्धि


676
Shares

काठमाडौं । शेयर बजारमामा मंगलबार पनि वृद्धिले निरन्तरता पाएको छ ।

दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से २८ दशमलव ९१ अकंले बढेर २६६० दशमलव ९२ बिन्दुमा पुगेको हो ।

मंगलबार ३१ कम्पनीको शेयरमूल्य घट्दा २ सय १७ कम्पनीको शेयरमूल्य बृद्धि भएकोछ । नेप्सेसंगै मंगलबार कारोबार रकममा पनि सामान्य वृृद्धि भएको छ ।

मंगलबार ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार १२ उपसूचकमा हरियाली आएको छ । मंगलबार सबैभन्दा धेरै लगानी उपसमूहको २ दशमलव ३८ प्रतिशतले बृद्धि भएको छ भने बैंकिङ, विकास बैंक, हाइड्रोपार, जीवन बीमा, निर्जीवन बीमा लगायतको १ प्रतिशत माथिको बृद्धि भएकोछ भने उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह घटेकोछ ।

मंगलबार सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडको सर्वाधिक ९ दशमलव ८७ प्रतिशतको शेयर मूल्य वृद्धि भएको छ भने युनिलिभर नेपाल लिमिटेडको सबैभन्दा धेरै २ दशमलव १३ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा आज एन आर एन ए इन्फा्रस्ट्रक्चर विकास लिमिटेडको सर्वाधिक कारोबार भएकोछ जसको ४६ करोड माथिको कारोबार भएको छ ।