१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


आफ्नो क्षेत्रमा बजेट लैजाने कार्यमा मात्र सांसदको भुमिका सिमित हुनुहुँदैन : अध्यक्ष दाहाल


598
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई प्रभावकारी बनाउने विषयमा सांसदहरू र सरकार दुवै गम्भिर बन्नुपर्नेमा जोड दिनुभएको छ ।

संसद दिवस, २०८२ को अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले संसदमा सांसदहरुले नागरिकका समस्या उठाएपछि मन्त्रीहरुले जवाफ दिने तर कार्यान्वयन नहुने प्रवृत्तिले संसदको प्रभावकारीतामिाथि प्रश्न उठिरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले सांसदहरूलाई जनताको प्रतिनिधिका रूपमा बजेट आफ्ना निर्वाचन क्षेत्रमा लैजाने मात्र नभई नीतिगत बहस र कार्यान्वयनमा सक्रिय भुमिका निर्वाह गर्न जरुरी रहेको बताउनुभयो । जनतासँग गरेका वाचा, वर्तमान राजनीतिक परिस्थिति, देशको अर्थतन्त्र र जनजीविकाको सवालमा गम्भीर भएर सबैले आफ्नो भुमिका खोज्न सकेमात्र संसदको प्रभावकारीता बढाउन सकिने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले संसदप्रति जनताको विश्वास अभिवृद्धि गर्न सांसदहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सबैले गम्भिर हुन जरुरी रहेको बताउनुभयो ।