 
	    काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको आकस्मिक अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा मुख्यसचिव अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हुने सेवा प्रवाहका बारेमा जानकारी लिनुभएको थियो । उहाँले कार्यालयले प्रवाह हुने सेवामा सेवाग्राहीले समस्या भोग्नु नपर्नेतर्फ सचेत रहन कर्मचारीलाई आग्रह गर्नुभयो । सेवा प्रवाहमा कर्मचारीको कामको प्रशंसा गर्दै मुख्यसचिव अर्यालले आफू प्रमुख जिल्ला अधिकारी हुँदादेखिकै केही समस्याहरु अझैपनि कायमै रहेको र त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले स्थानीय पालिकाहरुमा नभएका र अन्य कार्यालयमासमेत हुन नसकेका समस्याको समाधान सिडियो कार्यालयबाट हुन्छ भन्ने छाप सेवाग्राहीमा रहेकोले अपेक्षाअनुसार काम नहुँदा जनतामा नकारात्मक असर परिरहेको टिप्पणी गर्नुभयो ।
मुख्यसचिव अर्यालले जिल्लाका हरेक नागरिक कुनै न कुनै हिसाबले जिल्ला प्रशासन कार्यालयसँग जोडिएको हुनाले पहिलो प्राथमिकतामा सेवाग्राहीलाई राख्न निर्देशनसमेत दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्