
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले विरोध कायम राखेका छन् ।
सोमबार २ बजे बस्ने भनेको प्रतिनिधि सभाको बैठक साढे ३ बजे बसेपनि बैठकको कारबाही अघि बढ्न सकेन ।
बैठकको कारबाही शुरु हुने बित्तिकै विपक्षी राजनीतिक दलहरुले संसदमा उठेर विरोध जनाएसँगै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टापछि बस्नेगरी स्थगित गर्नुभयो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै प्रतिपक्षी राजनीतिक दलहरुले केही समय यता संसद अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्