Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


भ्रष्टाचार गरेको छैन, राजनीतिक प्रतिशोध साँधियो : माधव नेपाल


1.9k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूने भ्रष्टाचार नगरेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले आफ्नो एउटै सिद्धान्त रहेको र त्यो भनेको नबिराउनु र नडराउनु रहेको बताउनुभयो । उहाँले आफूले कुनैपनि भ्रष्टाचार नगरेको भन्दै राजनीतिक प्रतिशोधका रुपमा मुद्दा चलाइएको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘न बिराउनु, नडराउनु । मैले करप्शन गरेको छैन, चुनौतिका साथ भन्छु, राजनीतिक प्रतिशोधका रुपमा आएको भन्ने सिधै देखिन्छ, होइन भने अरु कुरा कानूनी कुरा रहे ।’

पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको छ ।