२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


राजनीतिक प्रतिशोध साँधेर माधव नेपालमाथि मुद्दा लगाइयो : राजेन्द्र पाण्डे


1.235k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नीतिगत निर्णयबाट गरिएका काममा भ्रष्टाचारको मुद्दा लाग्दै जाँदा धेरै सांसदहरु संसदबाट बिदा हुने स्थिति आउने बताउनुभएको छ ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

जसबारेमा प्रश्न गर्दा वरिष्ठ उपाध्यक्ष पाण्डेले अध्यक्ष नेपालले जग्गा खरिद विक्रीमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध नगरेको बताउनुभयो । आउँदो २८ गते अख्तियार लगायतका सबै संवैधानिक निकायको म्याद सिद्धिने फैसला गर्नुले बचेको समयमा सबै काम सक्ने गरी अघि बढेको जस्तो देखिएको बताउनुभयो । अध्यक्ष नेपालमाथि मुद्दा राजनीतिक प्रतिशोध साँधेर लगाइएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले समाजवादीले मुद्दा लगाउने बित्तिकै सबै नसकिने उल्लेख गर्नुभयो । विगतमा भएका मन्त्रीपरिषद्का सबै निर्णयहरु भ्रष्टाचारजन्य मुद्दा बन्नसक्ने जिकिर गर्नुभयो । कुनैपनि प्रधानमन्त्री र मन्त्रीपरिषद्ले ठूलो र महत्वपूर्ण निर्णय गर्न अब नसक्ने बताउनुभयो ।