१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


सांसद शर्माको प्रश्न – भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले किन कारबाही गर्न सकेन ?


1.261k
Shares

काठमाडौं । राष्ट्रिय सभामा नकेपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

बुधबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री दोषी हुनुहुन्छ भन्ने आरोप प्रतिपक्षको नभएपनि छानबिन सहज बनाउन उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बाउनुभएको हो । उहाँले भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले अहिलेसम्म कारबाही नगरेकोप्रति पनि प्रश्न उठमाउनुभयो । सरकारले किन कारबाही गरेन रु अख्तियार स्वतःफूर्त रुपमा अघि बढ्नुपर्ने स्थिति किन आयो ? उहाँको प्रश्न छ । गृहमन्त्री पदमै रहँदा छानबिनमा प्रभाव पर्नसक्ने भएकाले कानूनी र नैतिक दृष्टिकोणले गृहमन्त्रीको राजीनामा उपयुक्त हुने उहाँको भनाइ छ ।

सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको समेत उहाँको आरोप छ ।