Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


‘गृहमन्त्री लेखकमाथि लागेको आरोप असामान्य’


3k
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद विष्णुबहादुर विश्वकर्माले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप सामान्य नभएको बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले लोकतान्त्रिक पद्धति र सुशासनका पाठ घोकाउने गृहमन्त्री लेखकमाथि मानव तस्करको गम्भीर आरोप लागेको बताउनुभएको हो । उहाँले देशलाई बेरोजगार उत्पादनको थलो बनाउने, युवाहरुलाई तड्पाएर विदेश जान बाध्य पार्ने र भिजिट भिसाका नाममा लाखौं कमिसन खाएर विदेशीलाई बेच्ने मानव तस्करको आरोप लागिरहँदा गृहमन्त्रीले टुलुटुलु हेरेर बसिरहन नमिल्ने दाबी गर्नुभयो ।

प्रमाण लुकाउने, नष्ट गर्ने, सेटिङमा राखिएका कर्मचारीको रातारात सरुवा गर्ने काममा गृहमन्त्री व्यस्त रहेको भन्दै एकैदिनमा अस्वाभाविक रुपमा भएका सरुवाको कर्मचारीबाटै खबरदारी हुँदा बिहान सरुवा गरेर बेलुका पुनः सरुवा फिर्ता गरिनुले गृहमन्त्रीमाथि लागेको आरोप पुष्टी भएको सांसद विश्वकर्माको दावी थियो ।

सांसद विश्वकर्माले गृहमन्त्री लेखकलाई छिटो छरितो राजीनामा दिएर अनुशासित बन्न आग्रहसमेत गर्नुभयो ।