Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


काठमाडौं उपत्यका बन्द फिर्ता


5.8k
Shares

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेको भन्दै बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी दिनुभएको छ ।

सुवेदीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’

आइतबार काठमाडौंमा भएको प्रदर्शनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरेको विरोधमा समितिले उपत्यका बन्द गर्ने घोषणा गरेको थियो ।