
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रुक्मिणी कोईरालाले संविधान कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक कानुनहरू तत्काल निर्माण र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कोईरालाले संघ, प्रदेश र स्थानीय तहबिच अधिकारको स्पष्ट विभाजनसहित ऐन कानूनहरू निर्माण गरी तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले संघले प्रदेश सरकार र प्रदेशले स्थानीय तहमा अधिकार प्रत्यायोजन गर्न जरुरी रहेको समेत बताउनुभयो ।
ऐन बनाउँदा तीन वटै तहसँग नबाझिने गरी सावधानीपूर्वक निर्माण गर्नुपर्नेमा सांसद कोईरालाको जोड छ । उहाँले वित्तीय समानीकरण र राजश्व बाँडफाँडसम्बन्धी स्पष्ट र समान कानून आवश्यक रहेको बताउँदै कोईरालाले मालपोत र नापीसम्बन्धी सेवामा जनआक्रोश बढिरहेको पनि बताउनुभयो ।
सांसद कोईरालाले मेलमिलाप समितिको भुमिका स्पष्ट हुनेगरी पृथक कानून निर्माणको माग समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्