३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


पार्टी निर्माणकै चरणमा छौँ, देशभर बिस्तार हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष पाण्डे


702
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरु पार्टी निर्माणको चरणमै रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी)को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले नेकपा (एकीकृत समाजवादी) भर्खरै निर्माण गरेको पार्टी भएको बताउँदै देशभर बिस्तार गर्ने चरणमा रहेको बताउनुभयो । उहाँले सात प्रदेश, सात सय ५३ पालिका स्तरमा अझै फैलावट नभइसकेको बताउनुभयो । नेतृत्व निर्माण गर्ने बेलामा विवाद गरेर बस्न नहुने भन्दै उहाँले संगठनलाई सफल बनाउन लाग्नुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले देश निर्माण महिलाहरुको भुमिका अविष्मरणीय रहेको उल्लेख गर्नुभयो । महिला नेतृत्वलाई अझ बढी सशक्त बनाउने काममा लाग्नुपर्ने बताउनुभयो ।