
काठमाडौं । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसैवर्ष साइवर सुरक्षा कानून बन्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क २ को कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले साइवर सुरक्षाको पोलिसि बनाएर त्यसको ऐन पनि निर्माण गर्ने जानकारी दिनुभएको हो । उहाँले सोसल नेटवर्क प्लेटफर्म नियमन ऐनपनि यसैवर्ष ल्याउने तयारी भइरहेको बताउनुभयो ।
सबै मन्त्रालयको सेवा डिजिटल बनाउँदै अन्तरसरकारी कार्यालयको ढाँचाभित्र रहेर काम गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो । उहाँले नेपाललाई आइटी आउटसोर्सिङ हवको रुपमा विजनेस प्रोसेसिङ डेस्टिनेशनका रुपमा र डाटा होस्टिङ जोनको रुपमा बनाउनुपर्ने समय आएको स्पष्ट पार्नुभयो । यसैगरी मन्त्री सुब्बाले भारत, श्रीलंका लगायत दक्षिण एशियाका अन्य राष्ट्रहरुको तुलनामा ठूलाठूला ग्रिन डेटा सेन्टर बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले मन्त्रीको शपथ खाएकै दिन प्रधानमन्त्रीले दुई वटा कुरा भन्नुभएको भन्दै सोसल नेटवर्कको ऐन र साइवर सेक्टरको ऐन ल्याउनुपर्ने भन्नुभएको बताउनुभयो । त्यसका लागि आपूmले सम्बन्धित क्षेत्रका विज्ञसहित विभिन्न देशका कानुनको अध्ययन गरी ऐन बनाएको र सो राष्ट्रिय सभामा टेबलसमेत भइसकेको मन्त्री सुब्बाले जानकारी भयो । तर सैद्धान्तिक छलफलमा हुने ढिलाईले ऐन बन्न समस्या रहेको उहाँको भनाइ थियो । संसदीय प्रक्रियामा रोटेपिङ खेल्ने परम्पराका कारण अत्यावश्यक कानून निर्माणमा ढिलाई भइरहेको मन्त्री सुब्बाको गुनासो छ ।
सञ्चारमन्त्री गुरुङले आफुले देश र जनताको भलो चिताएर काम गर्छु भनेर शपथ खाएकाले सबैले देश र जनताको हितमै काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्