
काठमाडौं । पछिल्ला तीन दिनदेखि घटिरहेको शेयर बजारले बुधबार पनि गिरावटलाई निरन्तरता दियो ।
बिहान केही बेर उकालो लागेको बजार परिसूचक नेप्से १३ ददशमलव ९६ अंक घटेर २६२० को विन्दुमा झरेको छ ।
नेप्सेसँगै बुधबार कारोबार रकम पनि घटेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये विकास बैंक र अन्य उपसमूह बाहेक अरु सवै उपसमूहहरु घटेका छन् । ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्तको शेयर मूल्यमा भने आज उल्टो सर्किट लागेको छ ।
बुधबार १८३ वटा कम्पनीको शेयर मूल्य घट्दा ६२ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । ३१५ वटा स्टकको एक करोड ८४ लाख ९६ हजार कित्ता शेयर आठ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनीको सर्वाधिक ५९ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्