३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सक्षम व्यक्तिलाई गभर्नर नियुक्त गरियोस् : रेखा शर्मा


546
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद शर्माले दुई तिहाईको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आवद्ध दलको दलगत स्वार्थ नमिल्नु भएको बताउनुभयो । उहाँले राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई आग्रहसमेत गर्नुभयो ।

सांसद शर्माले दुई तिहाइको सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न आफू इच्छुक रहेको बताउनुभयो ।