
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा बिना सूचना लाइन काट्न जनता आहत भएको बताउनुभयो । उहाँले जनताको जीवनमाथि खेलवाड नगर्न प्राधिकरणलाई आग्रह गर्नुभयो ।
सांसद शर्माले यही साधन स्रोतले यसभन्दा अघि नियमित लाइन दिनसक्ने प्राधिकरण अहिले किन पटक पटक लाइन काटिरहन्छ भनेर प्रश्न गर्नुभयो । जनतालाई सूचना नदिई गर्मीको समयमा यसरी लाइन काटिनु दुःखद् भएको भन्दै के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो भन्दै सांसद शर्माले प्रश्न गर्नुभयो ।
सांसद शर्माले विद्युत लाइन नियमितताका लागि रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्