३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस् : सांसद गिरी


260
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थल (तुलसीपुर एयरपोर्ट)लाई राजनीतिक दलहरुले चुनाव जित्ने भ¥याङको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गिरीले सधैं नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नति गर्ने भनिएपनि काम अगाडि नबढाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले अगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गिरीले देशकै दोस्रो पुरानो विमानस्थल टरिगाउँ विमानस्थललाई नेपालगन्ज र सुर्खेत विमानस्थलको विकल्पको रुपमा समेत प्रयोग गर्न सकिने बताउनुभयो । उहाँले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको विमानस्थल स्तरोन्नति गर्ने विषय नाटकीय ढंगले नहराओस् भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

दाङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद गिरीले विगतदेखि नै निरन्तर आवाज उठाउँदै आएपनि प्रभावकारी ढंगले काम अगाडि नबढेकोप्रति असन्तोष व्यक्त गर्नुभयो ।