३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण


325
Shares

काठमाडौं । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ ।

मंगलबार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो ।

महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गर्नुभयो । ०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो । ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएको थियो ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताउनुभयो । झनाख्य पार्कमा अब कुनैपनि शालिक नबनाउने बताउनुभयो । झनाख्य पार्कमा ४ वटा शालिक भइसकेकाले पाँच वटा नबनाउने बताउनुभयो । उहाँले जोशी मुलुककै गहना भएको बताउनुभयो ।

प्रमुख महर्जनले स्व. महर्जनले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पु¥याउनुभएको बताउनुभयो ।