२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता डंगोलको भुमिका अविस्मरणीय : सभापति देउवा


390
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजि श्रदाञ्जली सभामा बोल्दै सभापति देउवाले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा स्वर्गी डंगोलले निर्वाह गरेको नेतृत्वदायी भुमिका अविस्मरणीय रहेको बताउनुभयो । उहाँले स्वर्गी नेता डंगोलको बारेमा पुस्तक प्रकाशन गरेर आउँदो पुस्तालाई समेत उहाँको योगदानबारे जानकारी दिनुपर्ने बताउनुभयो ।

पार्टीको काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको श्रदाञ्जली सभामा सभापति देउवासँगै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेता कृष्ण प्रसाद सिटौला लगायत उपस्थित हुनुहुन्थ्यो । नेता डंगोलको ७७ वर्षको उमेरमा गत वैशाख १३ गते निधन भएको थियो ।